काठमाडौँ, मङ्सिर ३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी कम्पनीमार्फत दक्षिण कोरियामा ई–७ भिसा प्रणाली अन्तर्गत उच्च सिपयुक्त श्रमिक पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले ‘कोरियामा सिपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८०’ लाई संशोधन गरी ई–७ भिसा प्रणाली बनाएर वैदेशिक रोजगार व्यवसायी