स्याङ्जा,मंसिर ६ । चीन र भारतलाई सिधा जोड्ने गण्डकी र लुम्बिनीको सङ्गम नदी कालीगण्डकीको किनारमा निर्माणाधीन सडकमा सात वटा पक्की पुल निर्माण भइरहेका छन् । सडकमार्फत दुई देश, दुई प्रदेश र दुई जिल्ला जोड्ने महत्वपूर्ण पुलहरू सम्झौताबमोजिम समयमै निर्माण नहुँदा स्थानीय नागरिकले दुःख भोग्नु परेको छ ।