समाचार

ढुवानीमा मनपरी : सिपिङ कम्पनीले ४ गुणा बढाए भाडा

वीरगञ्ज,वैशाख ९ । तेस्रो मुलुकसँगको व्यापारमा ढुवानी सेवा दिइरहेको सिपिङ कम्पनीले कन्टेनरको भाडा ह्वात्तै बढाएका छन् । बन्दाबन्दी खुलेयता सिपिङ कम्पनीहरूले ४ गुणासम्म भाडा बढाएको आयातकर्ताले बताएका छन् । गत

खपत घटे पनि कुखुराको मासुको मूल्यमा वृद्धि

काठमाडौं,वैशाख ९ । खपत घटे पनि कुखुराको मासुको मूल्यमा भने वृद्धि भइरहेको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले कोरोना संक्रमण नियन्त्रण सम्बन्धी आदेश जारी गर्दै होटल, रेष्टुराँ, पार्टी प्यालेस सञ्चालनमा कडाइ

महासंघको ४१ बुँदे घोषणापत्र : ५ करोडसम्मको निर्माण खरीदमा योग्यता नराख्न माग

काठमाडौं,वैशाख ९ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । म्याद थप, अपराध संहिता, सार्वजनिक खरीद ऐन तथा नियमावली, निर्माण व्यवसायी ऐन संशोधनमा

अब अख्तियारले‘स्टिङ अपरेशन’ गर्न नपाउने

सर्वोच्चद्वारा हालको व्यवस्थालाई असंवैधानिक ठहर काठमाडौं,वैशाख ९ । सर्वाेच्च अदालतले भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने ‘स्टिङ अपरेशन’लाई असंवैधानिक ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू

बढ्न थाल्यो सुनको मूल्य

कारोबारमा छैन असर काठमाडौं,वैशाख ९ । कोरोना विपद् कम हुँदै गएपछि घट्न थालेको सुनको मुल्य पुनः बढ्न थालेको छ । कोरोना संकटमा ह्वात्तै बढेको सुनको मूल्य पछिल्ला महीनामा घट्दै गएको

संक्रमित बढेसंगै स्वर्गद्वारीमा अत्यावश्यक बाहेकका सेवा बन्द

प्युठान,वैशाख ८ । जिल्लाको स्वर्गद्वारी नगरपालिका एक हप्ताका लागि बन्द गरिने भएको छ। कोरोना संक्रमित बढेपछी एकहप्ता नगरक्षेत्र बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाको बुधबार बसेको बैठकले भोली बैशाख

पत्रकार महासंघ नुवाकोटको मतदान सम्पन्न, कस्तो आउला परिणाम?

नुवाकोट,वैशाख ८ । नेपाल पत्रकार महासंघ नुवाकोटको मतदान सम्पन्न भएको छ। गत चैत २५ गते भएको जिल्ला कार्यसमिति र केन्द्रीय प्रतिनिधि परिषद् सदस्यको चुनाव रद्द भएपछि केन्द्रीय निर्वाचन समितिले वैशाख ८

थप २३ सय ५१ संक्रमित थपिए, काठमाडौंका मात्रै १०५१ जना

काठमाडौं, बैशाख ८ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ३ सय ५१ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार ५१ जना नयाँ संक्रमित

टिपर दुर्घटना हुंदा चालकको मृत्यु

पाल्पा,वैशाख ८ । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । जिल्लाको माथागढी गाउँपालिका ५ सुर्काबासमा सुनवलबाट माथागढी गाउँपालिका.–५ स्थित रहेको चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख