समाचार

आईपीएल क्रिकेटमा मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै

एजेन्सी असोज ६ । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत मङ्गलबार राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । यी दुई टिमबीचको खेल बेलुका पौने ८ बजेपछि सुरु हुनेछ

पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

काठमाडौं असोज ६ । सरकारले कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले हिम चितुवा उपनामले चिनिएका पर्वतारोही शेर्पाको राष्ट्रिय सम्मानका साथ

सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं असोज ६ । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माण गर्ने भएको छ । मङ्गलबारको मन्त्रिपरिषद् बैठकले यी दुई जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरेर नोक्सानको मूल्याङ्कन गरी

विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न राष्ट्रसंघलाई सशक्त बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं असोज ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त राष्ट्रसंघलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनु सबै सदस्य राष्ट्रहरुको सामूहिक दायित्व भएको बताएका छन्

३५ करोड ८८ लाख बढि राजस्व छली गरेको आरोपमा ४ वटा फर्म तथा कम्पनी विरुद्ध मुद्दा दायर

काठमाडौं असोज ६ । राजस्व अनुसन्धान विभागले झुटा तथा नक्कली बिल बिजक बनाई ३५ करोड बढि राजस्व छली गरेको आरोपमा विभिन्न फर्म तथा कम्पनी विरुद्ध मुद्धा दायर गरेको छ ।

गुल्मीमा सडकमा हिँड्दै गरेका अवस्थामा पहिरो खस्दा पुरिएर २ को मृत्यु

गुल्मी असोज ६ । इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ । सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका इस्मा गाउँपालिका –२ रातामाटाका ३९

करेन्ट लागेर सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्षको मृत्यु

सोलुखुम्बु असोज ६ । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते हभएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको

पुनर्निर्माण प्राधिकरणको कार्यावधि एक वर्ष थप्‍न सिफारिस

काठमाडौं, असोज ६ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा

सोह्र वर्षकालाई बढी मानसिक समस्या

काठमाडौँ, असोज ६ । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक