आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा

काठमाडौं,वैशाख २ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले रुपैयाँ ५ दरको साविककै आकार तथा रङ्गमा, न. ०००००१ देखि ९९९९९९ सम्मको नोट आज वैशाख २ गतेदेखि प्रचलनमा ल्याएको हो।
चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको छ।
यस अघि मिति २०७७ साल मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सिरिज २०२०) को बैंक नोट संकेत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. १०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो ।
