नुवाकोटको ककनीमा फुङफुङ झरना प्रवर्द्धन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नुवाकोट — बैशाख २ । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर ४ मा अवस्थित फुङफुङ झरनाको प्रवर्द्धन तथा संरक्षणका लागि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भूमि, कृषि तथा सहकारी मन्त्री एवम् नेकपा एमालेका नेता बद्री मैनालीले गरेका थिए।
नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा स्थानीय लोकनृत्य, पञ्चेबाजा, र विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो। साथै, झरनाको महत्व, संरक्षणका उपायहरू, र पर्यटन प्रवर्द्धनबारे सहभागीहरुले आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, पर्यटन व्यवसायी, विद्यार्थी, पत्रकार, र सयौं दर्शकहरूको उपस्थिति रहेको थियो। आयोजक संस्था ‘फुङफुङ झरना संरक्षण समिति’ का अध्यक्षले झरनालाई दीर्घकालीन योजनाहरू प्रस्तुत गरे।
कार्यक्रमको मुख्य आकर्षण झरना नजिकै गरिएको बृहत् सरसफाइ अभियान, झरना आवतजावतका लागि निर्मित बाटो, कलाकारको सांस्कृतिक कार्यक्रम तथा नयाँ शिला अभिलेख उद्घाटन रहेको थियो। यस अवसरमा स्थानीय उत्पादनहरूको प्रदर्शनी समेत गरिएको थियो, जसले सामुदायिक आर्थिक विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।