रसुवामा सत्तरी प्रतिशत पानी पिउन अयोग्य



रसुवा,चैत ३० । रसुवामा सत्तरी प्रतिशत पानी पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । केही दिन अघि जिल्लाको सदरमुकाम लगायत पचहत्तर स्थानमा गरेको परीक्षणमा जिल्लाका सत्तरी प्रतिशत स्थानका पानी सिधै पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

जिल्लाको नौ कुण्ड,उत्तर गया,कालिका तथा गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा पानीको नमुना सङ्कलन गरी परीक्षणका गर्दा सिद्धै पिउन अयोग्य देखिएको हो । गर्मी याम सुरु भए सँगै पिउने पानीबाट फैलन सक्ने सरुवा रोगहरूको नियन्त्रणका लागि कार्यालयले पानीको नमुना सङ्कलन गरी परीक्षण गरिएको  जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख झम प्रसाद आचार्यले बताए ।

उनका अनुसार पानीको मुहान एवं स्रोतमा पानीको शुद्धताको मात्रा पिउन योग्य भए पनि उपभोक्ताको धारा सम्म पुग्दा पानी पिउन अयोग्य रहेको बताए ।

कार्यालयले स्थानीयहरूले खानेपानीको लागि प्रयोग गर्दै आएका इनार, ढुंगेधारा, धारा तथा पानीका मुहानहरूको पानीको नमुना सङ्कलन गरी परीक्षण गर्दा यस्तो देखिएको हो । पानीको मुहानहरूमा प्रयोग कर्ताहरु बाटै फोहर गर्नाले पानी पिउन अयोग्य रहेकाले पानीको स्रोतहरूको संरक्षण तथा सर सफाइमा ध्यान दिन समेत कार्यालयले सबैमा अनुरोध गरेको छ ।

केही स्थानका पानी फिल्टर गरी पिउन उपयुक्त देखि पनि अधिकाम्स स्थानहरूका पानी प्रशोधन गरेर मात्र प्रयोग गर्न उपूक्त्त देखिएको कार्यालयले जनाएको छ । दूषित पानीबाट बच्न सकेसम्म उमालेको पानी मात्र सेवन गर्न तथा क्लोरिन झोल राखेर पानीको सेवन गर्न जनस्वास्थ्य कार्यालय रसुवाले जिल्ला बासीहरूमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्