अमेरिकी सामानमा १२५ प्रतिशत कर बृद्धि गर्ने चीनको घोषणा

काठमाडौं,चैत ३० । चीनले अमेरिकाबाट आयात हुने सामानमा १२५ प्रतिशतले कर वृद्धि गरेको छ।
अमेरिकाले चिनीयाँ सामानमा १४५ प्रतिशत कर लगाउने घोषणा गरेको केही दिन मै चिनीयाँ राष्ट्रपति सि चिन फिङले सो कर लगाउने घोषणा गरेका हुन् ।
चीनले सो कर बृद्धिको विषयलाई लिएर ‘जस्तालाई तस्तै’ भन्ने नीति लिएको समाचार माध्यमहरुले उल्लेख गरेका छन । चीनले इयुलाई अमेरिकी कदमविरुद्ध एक जुट हुन आव्हान पनि गरेको छ।
करको घोषणाले यी दुबै देशका व्यापारमा समस्या आउने विश्लेषकहरुले बताएका छन । यी दुई देशबीचको व्यापार युद्धले विश्वलाई नै असर पुग्ने आँकलनहरु गरिएका छन ।