दशौँ राष्ट्रिय खेलकुद पुन: स्थगित



काठमाडौं,चैत ३० । १०औँ राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदको मिति तेस्रो पटक स्थगित भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को शुक्रबारको १२२औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद तेस्रो पटक स्थगित गर्ने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारियो ।

सो समयमा पनि प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । तर, आज बसेको बोर्ड बैठकले जेठमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै तेस्रो पटक स्थगित गरेको हो ।।

प्रतिक्रिया दिनुहोस्