त्रिशूली अस्पताललाई रेबिज विरुद्धको खोप हस्तान्तरण



नुवाकोट,चैत २८ । रेबिज रोग विरुद्धको उपचारका लागि नुवाकोटको विदुर नगरपालिकाले त्रिशूली अस्पताललाई रेबिज विरुद्धको खोप प्रदान गरेको छ । यस वाट बिरामीहरूलाई उपचारमा सुविधा पुगेको छ ।

अस्पतालको माग अनुसार  अति आवश्यक रहेको रेबिज रोग विरुद्धको ’एण्टी रेबिज भ्याक्सिन ९एआरभि०’को खोप विदुर नगरपालिकाको तर्फबाट बुधवार प्रदान गरिएको हो । मेयर राजन श्रेष्ठले त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीलाई ३० भाइल खोप हस्तान्तरण गरे ।

मेयर श्रेष्ठले विदुर नगर क्षेत्र रहेको त्रिशूली अस्पतालको कार्य सम्पादन, प्रभावकारिता तथा विरामीहरुको उपचार सेवामा विदुर नपा समेत सक्रिय रहेको र रेबिज रोग विरुद्धको खोप प्रदान गरिएको बताए  । आवश्यक रहे अन्य खोपसमेत उपलब्ध गराउने मेयर श्रेष्ठले प्रतिबद्धता जनाए ।

यससंगै त्रिशूली अस्पतालमा रेबिज खोप सेवा नियमित सञ्चालन रहने अस्पतालका निर्देशक डाक्टर राजेन्द्र लामाको भनाई छ । कार्यक्रममा विदुर नपाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, जनस्वास्थ्य निरीक्षक राम राजा भण्डारी, त्रिशूली अस्पतालका निर्देशक डा।राजेन्द्र लामा, भूमि समस्या समाधान आयोग नुवाकोटको सदस्य माधव रिजनललगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्