मन्त्रिपरिषद बैठकका पछिल्ला १३ निर्णयहरु केके हुन् ?

काठमाडौं,चैत २६ । चैत २५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् ।
मंगलबार पत्रकार सम्मलेन गर्दै बैठक १३ वटा निर्णय सार्वजनिक गरिएको छ । निर्णयानुसार बिहीबार र शुक्रबार काठमाडौमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोलि गठन गर्ने र वार्ता गर्न अख्तियारी दिइने छ ।
यस्तै, उर्जा मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव प्रा. राजेन्द्र प्रसाद शर्माको राजिनामा प्रदान गर्ने निर्णय भएको छ । यी लगायत १३ वटा निर्णयहरु सार्वजनिक भएका छन् ।

