शिक्षकका माग सम्बोधन गर्न तयार छौँ, सडकमा गएर सुत्नै पर्दैन : प्रधानमन्त्री

काठमाडौं,चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जायज मागहरू सम्बोधन गर्न तयार रहेको बताएका छन् । जायज मागहरू लिएर कोही आउँदा आन्दोलन गरिराख्न नपर्ने बताउँदै पर्दैन कुराकानी गरेर त्यसलाई समाधान गर्न तयार रहेको बताएका हुन् ।
आज काठमाडौँमा आयोजित हिमालयन डाइलग कार्यक्रमलाई सम्बोधन गर्दै आफूले शिक्षकका समस्या समाधान गरौँ भनिरहेको अवस्थामा पनि आन्दोलन किन चलाइएको थाहा नभएको बताए ।
‘अहिले शिक्षक आन्दोलन चल्या छ । किन चलाउनु भाको हो शिक्षक साथीहरूलाई मलाई थाहा छैन । म प्रधानमन्त्री छु । म भनिरहेछु जायज मागहरू लिएर कोही आउदा खेरि आन्दोलन गरिराख्नु पर्दैन । हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुख पाउनु पर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस कुराकानी गरेर त्यसलाई समाधान गरौँ । भनिरहेछु उनीहरूले किन दुख पाउनु भाको ? अब फेरी पनि त्यसैले उहाँहरू कुराकानीमा आउनु होला। कुराकानीमा आउने बित्तिकै हामी उहाँहरूका मागहरूलाई यथोचित ढंगले सम्बोधन गर्छौँ ‘ प्रधानमन्त्री ओलीले भने ।