शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ : काँग्रेस महामन्त्री थापा

तनहुँ,चैत २५ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस भातृसङ्गठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको प्रशिक्षण कार्यक्रम तथा तरुण यात्रा पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
शिक्षकका धेरै मागहरु सरकारको कार्यपालिकाको वैठकले नै सम्बोधन गर्ने खालको भएको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले भने, ‘शिक्षकको मागलाई तुरुन्त सम्बोधन गर्नुपर्छ कार्यपालिकाकै वैठकबाट समाधान गर्न मिल्ने खालका छन् ।’
मुख्य मागहरु मन्त्रीपरिषको बैठकबाट पुरा गर्ने र बाँकी मागहरु छिट्टै कानुन बनाएर पुरा गर्न सकिने उनको भनाई थियो । प्रकाशित गरेको पुस्तकको महामन्त्री थापाले बिमोचन गरेका हुन् । महामन्त्री थापाले तरुणले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको पनि उद्घाटन गरे ।