काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

काठमाडौं,चैत २५ । काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले तलब पाएका छन् ।
प्रशासकिय अधिकृत नहुँदा गत ३ महिना देखि रोकिएको तलब आज (सोमबार) सबैजनाको खातामा तलब पुगेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिएका छन् ।
महानगरका २९ सय कर्मचारीको खातामा महानगरले १ अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको हो ।
गत पुस ७ गतेदेखी बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत गुरागाई कार्यलय हाजिर भइ उक्त तलब सबैको खातामा पुगेको हो । बिहीबार कार्यलय हाजिर भएका गुरागाईले कर्मचारी र जनप्रतिनिधिलाई तलब दिने तोक लगाएका थिए ।
काठमाडौं टावरको नक्साका विषयमा मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाईं बीच विवाद चुलिएपछि गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाइएको थियो ।