वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं,चैत २४ । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षीय पत्रकार रिसाल अस्वस्थ भएपछि आइतबार फ्रन्टलाईन अस्पताल बानेश्वर भर्ना गरिएको थियो । उनका भाइ पुरु रिसालका अनुसार उनको निधन आज साँझ पौने ८ बजेतिर भएको हो ।
पछिल्लो समय फोक्सो र मुटु समस्याबाट ग्रसित वरिष्ठ पत्रकार रिसाल सूर्यविनायक नगरपालिका –४, दधिकोटमा बस्दै आएका थिए ।
उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।