नुवाकोटको ककनीमा थ्रेसरले च्यापिएर एक जनाको मृत्यु

नुवाकोट,चैत २४ । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर शनिवार एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ककनी गाउँपालिका वडा नम्बर ३ ढुङ्गानागाउँ बस्ने ३३ वर्षीय धर्मराज ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।
ना.६ त २०८२ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनले च्यापिएर उनको शनिबार दिउँसो मृत्यु भएको हो । आफ्नै बारीमा थ्रेसर मेसिन लगाई फर्किने क्रममा थ्रेसर मेसिन पल्टिएर च्यापिँदा उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका उनको वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।