सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन मन्त्री गुरुङको आह्वान

काठमाडौं,चैत २३ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दृढतापूर्वक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन् ।
बाह्रखरी मिडिया प्रालिले काठमाडौँको गोकर्ण रिसोर्टमा आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फको आठौँ संस्करण’ उद्घाटन गर्दै उनले निरकुंशताको विपक्षमा उभिन सबैलाई आग्रह गरे । उनले खेलकुद लगायतका गतिविधि लोकतन्त्रमा मात्रै सम्भव भएको धारणा राखे ।
गल्फ प्रतियोगितामा आज ९६ कर्पोरेट खेलाडीहरू सहभागी थिए । प्रतियोगिता उपाधि दोर्जे होजाङस्टाङले जितेको छ । महिलातर्फ रेखा घिमिरे विजेता बनेकी छिन् ।
कर्पोरेट गल्फको पहिलो संस्करणमा क्याप्टेन नोर्बु शेर्पा विजेता भएकी छिन् ।