शिक्षकको प्रदर्शन शनिबार पनि जारी

काठमाडौं,चैत २३ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् ।
सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा शनिबार पनि प्रदर्शन गरेका हुन् । शनिबार शिक्षकहरुले आधा घण्टासम्म सडकमा सुतेर विरोध जनाएका छन् ।
काठमाडौंकेन्द्रित आन्दोलन गरेको महासंघले आफनो एकसूत्रीय माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएकोे छ । वार्ताका लागि सरकारले महासंघलाई पत्र पठाए पनि उनीहरूले वार्तालाई अस्वीकार गर्दै आएका छन् ।