तीनकुनेमा प्रदर्शनको अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाडौं,चैत २२। राज्य व्यवस्था तथा सुशासन समितिले चैत १५ गते भएको राजावादी प्रदर्शनलाई लिएर पाँच बुदेँ निर्देशन दिएको छ।
सो घटनाका बारेमा गृह मन्त्री रमेश लेखकलाई समितिमा छलफल गरेको समितिले आज ५ बुदेँ निर्देशन दिएको हो। समितिले तीनकुने र आसपासको स्थानमा कुनैपनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना आदी कार्यक्रम गर्न अनुमति नदिन समेत निर्देशन दिएको छ ।
उक्त घटनाक्रमको सत्य तथ्य छानविन गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा त्यसमा संलग्न व्यक्तिहरुमाथि आवश्यक छानविन र कानूनी कार्यवाही अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।