तीनकुने घटनाले देशको बेइज्जत गर्यो, उद्योगी–व्यवसायी आतंकित बने : रक्षामन्त्री राई

काठमाडौं,चैत २२ । रक्षामन्त्री मानवीर राईले चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका नाममा भएका घटनाहरूले मुलुकको बेइज्जत गरेको बताएका छन् ।
भाटभटेनी सुपर मार्केटलगायत अन्य व्यापार–व्यवसाय, उद्योगहरूमा भएको आगजनी, लुटपाट तथा तोडफोडको घटनाले देशकै बेइज्जत गर्नाको साथै मुलुकका उद्योगी–व्यवसायीहरूमा आतङ्कसमेत सृजना गरेको उनको भनाइ छ ।
‘आज उद्योगी व्यवसायीहरू तीनकुनेमा भएको घटनाले अफ्ठेरो महसुस गरिराखेका छन्र । यस्तो आततायी घटनाहरू नेपालको राजनीतिक इतिहासमा थुप्रै भएका छन् । एउटा सुपर मार्केटमा, भाटभटेनी लगायत अन्य व्यवसायहरूमा, मिडियामाथि, व्यवसायीहरूमाथि देशको बेइज्जत हुने गरी आक्रमण भयो,’ बिहीबार राजधानीमा आयोजित ‘कर्पोरेट बिजनेश अवार्ड, २०२५’ समारोहलाई सम्बोधन गर्दै राईले भने, ‘यसप्रति दुःख व्यक्त गर्दै उद्योग व्यवसायहरूमा लगानी गर्नेहरूलाई सरकारले यस्ता घटनाहरूलाई नियन्त्रण गरेर अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु । दोषीलाई कानुनी कठघरामा उभ्यार जनतालाइ सुरक्षा दिने कुरामा सरकार लागिपर्ने समेत बताए।’
सो अवसरमा उनले कुनै पनि सरकारी कार्यालय वा मन्त्रालयममा आएका फाइलहरूमाथिको कारबाही ढिलोमा एक हप्ताभित्र सक्ने नीति सरकारले लिएको जानकारी दिए । काम हुने फाइल भए काम गरेर पठाउने र हुने भएमा पनि नहुने सूचना दिने परिपाटीको विकास गर्नेगरी सरकार अघि बढिरहेका राईकाे भनाइ छ ।
‘कुनै पनि सरकारी कार्यालय वा मन्त्रालयमा आएका फाइलहरूमाथि अब हामी बढीमा सात दिनभित्र काम गरिसक्छौँ । यदि काम नहुने फाइल छ भने पनि ‘नहुने जानकारी’ सम्बन्धितलाई दिने परिपार्टीको विकास गर्न सरकार अघि बढिसकेको छ,’ मन्त्री राईले भने, ‘यसभित्र परिमार्जित भएर जाने कुरा कठिन छ । तर पनि यो कठिनाइलाई पार गरेर अहिलेको सरकार अगाडि बढ्ने कोसिस गरिरहेको छ । यहाँहरूले यसमा साथ र सहयोग सधैं दिएका छन्र ,सुझाव दिनु ।’ उनले कार्यक्रममा उद्योगी–व्यवसायीहरूले उठाएका समस्याहरूलाई सम्बन्धित मन्त्री, मन्त्रालय र क्याबिनेटमा समेत पुर्याउने राईले प्रतिबद्धता व्यक्त गरे ।
यस्तै, उनले हिजोका कठिन परिस्थितिहरूलाई झेल्दै मुलुकलाई आजको अवस्थासम्म ल्याइ पुर्याउन सहयोग गरेकामा निजी क्षेत्रलाई धन्यवाद प्रकट गरे । ‘नेपाल गरिबी, विभिन्न राजनीतिक उतारचढाव, विभिन्न सङ्कटकालहरूलगायत थुप्रै समस्याहरूका बीचमा धेरै दुःखकष्ट झेलेर नेपालीहरूको सेवा गर्दै यहाँसम्म आएका हुन्र। यसमा म सरकारको तर्फबाट धेरैधेरै धन्वयाद व्यक्त गर्दछु,’ मन्त्री राइले भने ।
उनले निजी क्षेत्रले बारम्बार उठाउँदै आएको विभिन्न समस्याहरूमो समाधान दिने उद्देश्यका साथ सरकारले अध्यादेश ल्याएको स्पष्ट पारे।