बालेनले गरे प्रदर्शनमा उत्रिएका शिक्षकहरूको प्रशंसा



काठमाडौं,चैत २१ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रदर्शनमा उत्रिएका शिक्षकहरूले कुनै फोहोर नगरी र नभत्काई शान्तिपूर्ण आन्दोलन गरेकोमा प्रशंसा गरेका छन्। बुधबार फेसबुकमार्फत उनले शिक्षकहरूलाई धन्यवाद व्यक्त गर्दै प्रशंसा गरेका हुन् । उनले भनेका छन्, “प्रिय शिक्षकहरू, तपाईंहरूले कुनै फोहोर नगरी, केही नबिगारी प्रदर्शन गर्नुभएको छ, धन्यवाद। हामीले जरिवाना खोजेका होइनौँ, चेतना खोजेका हौँ।”

मेयर शाहले सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भन्ने चेतनशील समाज निर्माण गर्न सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै शिक्षकहरूको भूमिका अझ महत्वपूर्ण रहेको बताए। उनले शिक्षकहरूलाई आफ्ना विद्यार्थीहरूलाई पनि यही शिक्षा दिन आग्रह गरे। साथै, विद्यार्थीहरूको पढाइमा असर नपर्ने गरी कार्यक्रमहरू आयोजना गर्न अनुरोध गरे।

मेयर शाहले ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नाराले मात्र काम नगर्ने भन्दै आशा व्यक्त गरे कि एक दिन अधिकारका लागि काठमाडौं आउनु नपरोस्।

प्रतिक्रिया दिनुहोस्