लगातार बढिरहेको सुनको मूल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,चैत २० । बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन सुन प्रतितोला ६०० रुपैयाँले घटेको हाे । पछिल्लाे चार दिनदेखि निरन्तर बढीरहेकाे सुनको मूल्य आज भने घटेकाे हाे ।

छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा खरिदबिक्री भएको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्