नागार्जुनमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु र २ घाइते

काठमाडौं, चैत १७ । काठमाडौंको नागार्जुनमा आइतबार राति गाडी दुर्घटना हुँदा गोरखाका एक जनाको मृत्यु र दुई जना घाइते भएका छन्।
शनिवार राति ८ बजे नागार्जुन नगरपालिका-८ ठुलो खोला नजिक धादिश्राबाट काठमाडौं आउँदै गरेको टाटा योद्धा गाडी दुर्घटना भएको हो।
गोरखा भिमसेनथापा गाउँपालिका-४ का ५० वर्षीय गोकुल पाण्डेको उपचारका क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । गाडी चालक ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन्।