धादिङमा डढेलोले दुई घर जलेर नष्ट



धादिङ,चैत १७ । दक्षिणी धादिङको गजुरी गाउँपालिकास्थित वित्लव वनमा सल्केको डढेलोका कारण दुई घर जलेर नष्ट भएको छ । गजुरी गाउँपालिका वडा नम्वर दुईमा पर्ने बित्लव सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा दुई वटा घर जलेर नस्ट भएको हो ।

आगोलागीमा परी चनमती बिश्कर्मा र खुम राज बिश्वकर्माको घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिएका छन्  ।

आगलागीका कारण तीन वटा बाख्रा जलेर मरेको छ तर मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिए ।

दिउँसो करिब चार बजेदेखि लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा साँझ ६ बजे नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस्