पूर्वराजालाई बालेनले पठाए ७ लाख ९३ हजारको बिल

काठमाडौँ,चैत १६ । तीनकुने क्षेत्रमा सार्वजनिक सम्पत्तीमा क्षति पुर्याएको भन्दै काठमाडौँ महानपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवान तिर्न ८ वटा पत्र पठाएको छ ।
शुक्रबारको प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर लगायतका क्षेत्रमा सार्वजनिक संरचना जलाएको, भत्काएको तथा महानगरको दमकलमा ढुंगामुडा गरेको लगायतको क्षतिको मूल्याङकन गरि ८ वटा फरक-फरक पत्रमा जरिवाना रकम उल्लेख गरि ७ लाख ९३ हजारको बिल निर्मल निवास पठाएको महानगर स्रोतले जनाएको छ ।
महानगरले वडा न ३२ कोटेश्वर तथा तीनकुने क्षेत्रको सडक तथा पेटीमा जथाभावी फोहोरमैली गरि वातावरण प्रदुषण गरेकाले ज्ञानेन्द्र शाहलाई १/१ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ । यस्तै दमकल र अग्निनियन्त्रकहरुमाथि ढुंगामुडा गरि क्षति पु¥याएकोमा १ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।
यस्तै तीनकुनेमै वातावरण प्रदुषण गरेकाले थप १ लाख जरिवानाको पत्र निर्मल निवास पठाइएको छ । यस्तै बालकुमारी र जडिबुटी सडक क्षेत्रमा फोहोरमैलागरि वातावरण प्रदुषण गराएको भन्दै १/१ लाख जरिवाना गरिएको छ ।