तीनकुनेमा राजावादीले जलाएको घरमा मृत भेटिए एभिन्युजका पत्रकार रजक

काठमाडौं,चैत १५ । राजावादी आन्दोलनकारीले आगजनी गरेको काठमाडौंको तीनकुनेस्थित नीजि घरमा जलेर एभिन्यूज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको छ । उक्त घरमा बसेर प्रहरीले अश्रु ग्यास प्रहार गरेको भन्दै राजावादी आन्दोलकारीले भवनमा आगजनी गरेका थिए ।
उनी एभिन्यूज टेलिभिजनका क्यामेरा म्यानका रुपमा कार्यरत रहेको खुलेको छ । उनीसँग आन्दोलनमा रिपोर्टिङमा पुगेका एभिन्यूज टेलिभिजनका पत्रकार पारस श्रेष्ठले रजक आगोमा फसेको जानकारी प्रहरीलाई गराउँदा पनि उद्धार नगरेको बताए ।
आन्दाेलनकारीबाट बच्न भित्र पसेका उनकाे भवनको तेस्रो तलामा नचिनिने अवस्थामा शव फेला परेको पत्रकार श्रेष्ठले बताए ।