राजावादी प्रदर्शनमा घाइते एक युवकको मृत्यु

काठमाडौं,चैत १५ । राजावादी प्रदर्शनमा घाइते एक युवकको मृत्यु भएको छ ।
शुक्रबर काठमाडौंको तिनकुनेमा भएको राजावादी प्रदर्शनीमा सहभागी एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जको मृत्यु बताइएको छ । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।