शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्रसँग दुर्गा प्रसाईँको दर्शन



काठमाडौ,चैत १४ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले शक्ति प्रदर्शनको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । आज (बिहीबार) निर्मल निवासमा पुगेर उनले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेका हुन् ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईँले भोलि (चैत १५ गते) राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनप्रदर्शन गर्दैछन् ।

गत फागुन ७ गते एक वक्तव्य सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो सक्रियता बढाएका छन् । गत फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखरा भ्रमणबाट काठमाडौं फर्किँदा राजावादी दल र धार्मिक संघ संस्थाहरुले १०औं हजार मान्छे स्वागतका लागि सडकमा उतारेका थिए ।

प्रतिक्रिया दिनुहोस्