नुवाकोटका चित्रकार सुनका गहना सहित पक्राउ

काठमाडौं,चैत १३ । नुवाकोटका एक युवा स्वयम्भूबाट अवैध सुनका गहनासहित पक्राउ परेका छन् ।
नुवाकोट विदुर नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका दिपेशलाल चित्रकारलाई ठूलो परिमाणमा सुनका गहना बरामद गरिएको छ प्रहरीले् जनाएको छ ।
उनले अवैध रूपमा आयात गरेको सुनलाई गहना बनाएर बेच्ने गरेको प्रहरीको अनुसन्धानमा पुष्टि भएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।