घट्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौँ,चैत १२ । नेपालि बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाले घटेको हो ।
नेपाल सुन चाँदी महासंघ व्यवसायिका अनुसार आज छापावाला सुनको मूल्य तोलाको १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको छ । यसअघि सोमबार छापावाला सुनको मूल्य १ लाख ७३ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ९ सय ८० रुपैयामा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ।