सरकारलाई बालेनको चुनौतिः ‘गलत भए मलाई जेल हाल’



काठमाडौं,चैत १२ । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँमाथि अनुसन्धान गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक गरेका छन् । उक्त प्रतिवेदन सार्वजनिक गर्दै बालेनले गलत भए आफूलाई जेल हाल्न पनि सरकारलाई चुनौति दिएका छन् ।

‘यति धेरै कानुन मिच्ने भ्रस्टाचारिलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भासणमा सुन्नु पर्ने ? माथीको कुरा गलत भए मलाइ जेल हाल,’– बालेनले भनेका छन् ।

महानगरका तत्कालीन प्रशासकीय अधिकृत गुरागाईँले काठमाडौं टावरको नक्सा पासमा चलखेल गरेको आरोपमा उनी कारबाहीमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्