विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय



काठमाडौं,चैत ११ । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको कृषि मन्त्री रामनाथ अधिकारीले जानकारी दिए ।

उर्जा मन्त्रालयले घिसिङलाई सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्रालयले हटाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।।

प्रतिक्रिया दिनुहोस्