ओली, देउवा र प्रचण्ड सिंहदरवारमा, के विषयमा हुँदैछ छलफल ?



काठमाडौं,चैत ११ । शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहतिका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न लागेका हुन् । उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।

तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।

सङ्क्रमणकालीन न्यायका लागि कानुन बने पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्