घट्यो सुनको मूल्य



काठमाडौं,चैत १० । सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँमा रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख ७४ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो । आज चाँदी १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्