रामेछापको उच्च पहाडी क्षेत्रमा असिना पानी सहित हिमपात



रामेछाप,चैत ९ । रामेछाप जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात सहित असिना पानी परेको छ । पर्यटकीय क्षेत्रमा शैलुङ सहित उमाकुण्ड गाउँपालिकाको उच्च भेगमा शनिवार साँझबाट हिमपात सहित असिना पानी परेको हो ।

मकै छर्ने बेलामा वर्षा भएपछि किसान खुसी भएका छन् । अहिलेको हिमपात तथा असिना पानीले उच्च भेगका किसानहरुलाई ठूलो राहत भएको उमाकुण्ड गाउँपालिका-५ प्रीतिका मणिराज सुनुवारले जानकारी दिए ।

उनका अनुसार मकै छर्ने बेला भएको र आलु कृषकलाई यस वर्षाले ठूलो राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्