नुवाकोटको बट्टारस्थित हावाघर नजिकै मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना



नुवाकोट,चैत ९ । जिल्लाको बट्टारस्थित हावाघर नजिकै मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना भएको छ ।

विदुर नगरपालिका वडा नम्बर ४ बट्टार हावा घरमा मिनिट्रक र स्कुटर ठोक्किएर दुर्घटना भएको हो ।

कुखुरा बोक्ने बा ०१ ८३९८ को मिनिट्रकले ठक्कर दिँदा स्कुटरमा सवार दुईजना गम्भीर घाइते भएका छन्।

घाइते हुनेहरूमा विदुर नगरपालिका वडा नम्बर ६ का विजय कुमाल र बिदुर नगरपालिका वडा नम्बर ४ का कृष्णमणि अधिकारी रहेका छन्। घाइतेहरुलाइ त्रिशुली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्