नुवाकोट पञ्चकन्यामा एक पुरुष मृत फेला

नुवाकोट,चैत ९ । जिल्लाको पञ्चकन्या गाउँपालिका-४ थप्रेकमा एकपुरुष मृत फेला परेका छन् ।
स्थानीय ४५ वर्षीय सन्जिव लामा आफ्नै काकाको गोठघरमा झुन्डिएको अवस्थामा शनिबार मृत फेला परेका हुन् । प्रहरीका अनुसार सन्जिव शनिबार बिहान साढे १ बजेतिर काका शेरबहादुर तामाङको ढुंगा, सिमेन्ट बनेको र जस्ताले छाएको गोठघरमा प्लास्टिकको डोरीमा पासो लगाइ झुन्डिएको अवस्थामा स्वयं काका शेरबहादुरले देखेपछि छोरा दिप्सन तामाङसहित उनीहरुले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी पञ्चकन्याको टोली घटनास्थलमा खटिएका थिए । घटनास्थलको मुचुल्का गरी शव शनिबार नै त्रिशूली अस्पताल पुर्याइएको छ ।