एमालेले निर्णय उल्टाएपछि प्रेस चौतारीको अध्यक्षमा राजेश राईको उम्मेदवारी



काठमाडौं,चैत ९ । प्रेस चौतारी नेपालको अध्यक्ष पदका लागि उपाध्यक्ष राजेश राईले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी नेतृत्वको सर्वसम्मतिको प्रयासका बाबजुद राईले आफ्नो योग्यता रहेको र प्रतिनिधिहरूले निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।

यसअघि एमाले सचिवालयले राईलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो, तर पछि त्यो निर्णय उल्टियो । यसअघि एमाले सचिवालयले राईलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो, तर पछि त्यो निर्णय उल्टियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएपछि राईले सामाजिक सञ्जालमार्फत् प्रतिस्पर्धामा जाने घोषणा गरेका हुन् ।

‘अहिलेसम्म पार्टी नेतृत्व/सङ्घठनबाट हामी दाबेदारहरूलाई राखेर औपचारिक निर्देशन भएको छैन । यसको मतलब हामीलाई जनवादको अभ्यास गर्ने अवसर दिनु हुनेछ’ राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादले भन्छ– प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर।’

प्रेस चौतारीको दशौं राष्ट्रिय सम्मेलन १० चैतबाट विराटनगरमा सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्