अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन

अमेरिका,चैत ९ । अमेरिकाका सर्वाधिक अग्ला मानिसको निधन भएको छ । नर्थ क्यारोलिनाको डुराममा परिवारसँग बसोबास गर्र्दै आएका जर्ज वेलको ६७ वर्षको उमेरमा बिहीवार निधन भएको हो । परिवार र आफन्तहरुको साथमा नै उनको निधन भएको समाचारपत्रमा जनाइएको छ ।
वेल सात फिट आठ इन्च अग्लो थिए । के कारणले उनको निधन भएको हो, हालसम्म खुलाइएको छैन । अमेरिकाका राष्ट्रिय र स्थानीय समाचारपत्रहरुले प्राथमिकताका साथ वेलको निधनको समाचार प्रसारण गरेका छन् । अमेरिकन हरर स्टोरीलगायत थुप्रै सिनेमामा भूमिका निर्वाह गरेका कलाकार तथा भर्जिनिया राज्यको नरफोक काउन्टीको प्रहरी उपप्रमुख वेललाई विशाल शरीर भएका भद्र मानिसका रूपमा चिनिन्थ्यो ।
भर्जिनियाको पोर्टस्मथमा १९५७ मा जन्मिएका वेलको नाम गिनिज वल्र्ड रेकर्डमा सन् २००७ मा दर्ता भएको थियो तर तर यसको केही वर्षसम्म अमेरिकाका सर्वाधिक अग्ला मानिसको रुपमा इभोर भोभ्कोभिन्स्कीको नाममा दर्ता भयो । तर सन् २०२१ इभोरको निधन भएपछि अमेरिकाका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान पुन उनमा आएको थियो ।
जन्मँदाखेरि साधारण रुपमै जन्मिएका वेल कक्षा चारमा पढ्दा पाँच फिट अग्लो थिए । ज्यादै तीव्र गतिमा बढ्ने गिगान्टिजम भन्ने हर्मोनको कारण उनको उचाइ बढेको कुरा चिकित्सकहरुले बताएका थिए । १२ कक्षा उत्तीर्ण हुँदासम्म वेलको उचाइँ सात फिट ६ इन्च पुगिसकेको थियो । उनले मोरिस व्राउनबाट बास्केटबल पनि खेल्ने गरेको कुरा समाचारपत्रमा जनाइएको छ । लस एन्जल्स ओलम्पिकको समापन समारोहमा पनि उनी सहभागी थिए ।
गिनिज बुकमा विश्वका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान भने ४२ वर्षीय तुर्किस किसान सुल्तान कोसेनको नाममा रहेको छ । सुल्तान ८ फिट २ इन्च अग्लो थिए ।
गिनिज बुकमा विश्वका सर्वाधिक अग्ला व्यक्तिको कीर्तिमान भने ४२ वर्षीय तुर्किस किसान सुल्तान कोसेनको नाममा रहेको छ । सुल्तान ८ फिट २ इन्च अग्लो छन् ।