पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा हुँदै



कास्की,चैत ७ । पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा भएको छ । 

चैतको ९ गतेबाट पाँच दिनसम्म चल्ने नाटकको तयारी पूरा भएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिए ।

पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले पोखरा थिएटरले महोत्सवको आयोजना गरिएको परिवर्तनले बताए ।

“महोत्सवमा नेपालका साथै चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । महोत्सवमा नेपालसँगै बाहिर देशका कलाकारहरूको पनि बाक्लो उपस्थिति रहनेछ अपेक्षा गरिएको छ । महोत्सवमा नाटक देखाउनको लागि सयभन्दा बढी नाटकले आवेदन दिएका थिए,’’ उनले बताए ।

पोखरालाई साँस्कृतिक तथा पर्यटन गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय पहिचान दिलाउन महोत्सव महत्वपूर्ण हुने उनको अपेक्षा छ । पोखरा थिएटरले ६ वर्षपछि अन्तर्राष्ट्रिय नाटक महोत्सवका गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्