नुवाकोटमा १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता घ्याङस्वारामा हुने



नुवाकोट,चैत ६ । पन्चकन्या गाउँपालिकाको घ्याङस्वारामा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि चैत्र २९ गतेदेखी बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा नुवाकोटका १२ वटै स्थानीय तहले सहभागीता जनाउने पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार पहिलो पटक पञ्चकन्याको घ्याङस्वारामा हुन लागेको प्रतियोगिताको लागि खेल मैदान लगायत अन्य तयारी पूरा गर्ने चरणमा गाउँपालिका लागि परेको छ । उनले सुविधा सम्पन्न खेल मैदान निर्माणका लागि आफ्नो व्यक्तिगत ५० लाख भन्दा बढी खर्चिएको बताए ।

बुधवार जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र बिक्रम सिंह ठकुरी, पञ्चकन्या गाउँपालिकाका उपाध्यक्ष बिमला सुबेदी, सम्बन्धित वडाका वडा अध्यक्ष, जिल्लास्थित विभिन्न खेलका प्रशिक्षकहरुसहितको टोलिले खेल मैदान, खेलाडीहरुको बासस्थान लगायतको निरीक्षण गरेका छन् ।

पछिल्लो समय पर्यटकीय दृष्टिकोणले घ्याङस्वारा पार्कमा अत्यधिक चहलपहल वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्