करेन्ट लागेर वृद्धको ज्यान गयो 



रुपन्देही,चैत ६ । रुपन्देही जिल्लाको मर्चवारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सम्मरीमाइ गाउँपालिका वडा नम्बर ६ डिहुली बस्ने ६५ वर्षीय रामवृक्ष यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

यादवको आफ्नै तरकारी खेतमा सिँचाई गर्ने क्रममा साँझ करिब साढे ६ बजे करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले जानकारी दिए । 

करेन्ट लागेका यादवलाई तत्काल उपचारको लागि भैरहवा स्थित भिम अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्