छहरे-टोखा सडक खण्डको छहरे बजार नजिकै बस र हाइलक्स ठोक्किएर दुर्घटना

नुवाकोट,चैत ५ । छहरे-टोखा सडक खण्डको छहरे बजार नजिकै बस र हाइलक्स ठोक्किएर दुर्घटना भएको छ ।
नुवाकोटबाट काठमाडौतर्फ गइरहेको प्रदेश ३ ०१ ०२४ च २४८२ नम्बरको हाइलक्स गाडी र विपरीत दिशाबाट नुवाकोटको दुप्चेश्वर तर्फ आइरहेको ना ३ ख २४९९ नम्बरको यात्रुवाहक बस एकाअर्कासंग ठोक्किएर दुर्घटना भएको हो । मंगलबार बिहान ११:३० को समयमा भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
सडक साघुरो भएकोले यस क्षेत्रमा दैनिकजसो दुर्घटना बढ्न गएको स्थानीय बताउँछन् ।