पर्यटन बढाउन यौन व्यवसायलाई वैधानिकता दिनुपर्छ: सांसद घिमिरे



काठमाडौं,चैत ४ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नेपालमा यौन व्यवसाय र गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभामा उनले “मनोरञ्जन क्षेत्रको विकासले पर्यटक संख्या बढाउँछ र अर्थतन्त्रलाई टेवा दिन्छ” भने। उनका अनुसार धार्मिक र साहसिक पर्यटन सीमित रहेकाले मनोरञ्जन पर्यटनलाई प्राथमिकता दिन आवश्यक छ।

त्यसैगरी, उनले “अमेरिकाको क्लोराडो राज्यले गाँजा खेतीलाई वैधानिकता दिएपछि अर्थतन्त्र फस्टाएको उदाहरण हामीले पनि अनुसरण गर्नुपर्छ” भने।

प्रतिक्रिया दिनुहोस्