फोनिज बागमतीको अध्यक्षमा पुन: युवराज श्रेष्ठ

रामेछाप,चैत २ । नेपाल आदिवादी जनजाति पत्रकार महासंघ(फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा पुन: युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
रामेछापमा शनिबार सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा दिल बहादुर तामाङ, अनिता डंगोल, महासचिवमा राजु नापित, सचिवमा हिरालाल गुरुङ, निशा गुरुङ र कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् । लेखा समिति संयोजकमा अशोक सुजन श्रेष्ठ, सदस्यमा नीर बहादुर तामाङ र अनुशासन समिति संयोजकमा जगत तामाङ सदस्यमा प्रदिप कुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, उद्भव कुमार श्रेष्ठ, मानकाजी तामाङ, रत्नकाजी प्रजापती, रवि महर्जन, जर्नेल घले, तेज नाहिरिङ्ग राई, श्यामलाल लामा र विशाल राज राई रहेका छन् ।
संघिय प्रतिनिधीमा राजेश रुम्बा, श्याम राना मगर र सरस्वती श्रेष्ठ चयन भएका छन् ।