शिवपुरीका वडा अध्यक्ष श्रेष्ठलाई मातृशोक



नुवाकोट,चैत २ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष बिष्णु श्रेष्ठलाई मातृशोक परेको छ । 

वडा अध्यक्ष श्रेष्ठकी आमा ज्ञानमाया श्रेष्ठको ८१ वर्षको उमेरमा शनिबार निधन भएको हो । उनको सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 

लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित उनको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको ३ छोरा र ४ छोरी छन् । 

प्रतिक्रिया दिनुहोस्