टोखा मोटरसाइकल दुर्घटना: नुवाकोटका एक जनाको मृत्यु



काठमाडौ,चैत २ । टोखा-छहरे सडकखण्ड अन्तर्गत टोखा नगरपालिका १ मा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट शिवपुरी-५ महाकालीका रिवाज आचार्य रहेका छन् ।

प्रहरी वृत्त महाराजगन्जका अनुसार शनिबार दिउँसो १४:२५ बजे टोखा-१ फूलबारी गेटस्थित सडक खण्डमा बा.प्र.०२.०३९ प.९८२८ र बा. प्र. ०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल ठोक्किएको थियोे ।

६३७८ नम्बरको मोटरसाइकल चालक आचार्यको उपचारका क्रममा धापासीस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अर्को मोटरसाइकल चालक भोजपुर पवादुम्न गाउँपालिका-२ घर भई हाल भक्तपुर डेरा गरी बस्ने २८ वर्षीय प्रदीप तिवारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्