नुवाकोटको विदुरमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

नुवाकोट,चैत १ । नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटना भएको छ । विदुर नगरपालिका वडा नम्बर ६ सिंचाई पुल नजिक मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ दानसिंङका ३२ वर्षिय चतुरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बट्टारबाट दानसिङतर्फ गइरहेको बा ४६ प ८२५३ नम्बरको मोटरसाईकल शुक्रबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा घाइते तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।