फोनिज बागमती प्रदेशको महाधिवेशन रामेछापका सुरु

रामेछाप,चैत १ । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको तेस्रो प्रादेशिक अधिवेशन शुक्रबारबाट रामेछापमा सुरु भएको छ ।
फोनिज बागमती प्रदेश समिति अध्यक्ष युवराज श्रेष्ठको अध्यक्षता एवम् उर्जा राज्यमन्त्री कान्छाराम तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम शुरु भएको हो । कार्यक्रमको उद्घाटन गर्दै तामाङले प्राप्त उपलब्धिलाई संस्थागत गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागीले सञ्चार क्षेत्रप्रति हालको बागमती प्रदेश सरकार सकारात्मक रहेको भन्दै आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
अधिवेशनकामा विभिन्न क्षेत्रमा योगदान पुर्याएका पत्रकारलाई पुरस्कृत गर्ने, फोनिजको स्मारिका विमोचन जस्ता कार्यक्रम समेत रहेको आयोजकले जनाएछ ।