युनाइटेडको सहज जितमा ब्रुनो फर्नान्डेसको ह्याट्रिक

काठमाडौं,चैत १ । कप्तान ब्रुनो फर्नान्डेसको ह्याट्रिकप्रेरित इङ्लिस क्लब क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको क्वार्टरफाइनल प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न अन्तिम-१६ को दोस्रो लेगमा युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडविरुद्ध ४-१ को जित निकाल्यो । समग्रमा युनाइटेड ५-२ ले विजयी भयो ।
पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । ओल्ड ट्राफोर्डमा घरेलु टोली युनाइटेडलाई जित दिलाउन फर्नान्डेसले ह्याट्रिक गर्दा एक गोल डियोगो डालोटको नाममा रह्यो । सोसिडाडका लागि मिकेल ओयार्जाबलले एक गोल गरे ।
खेलको १०औं मिनेटमाओयार्जाबलले पेनाल्टीमार्फत रियाल सोसिडाडलाई अग्रता दिलाएका थिए । तर ६ मिनेटपछि नै फर्नान्डेसले पेनाल्टीमार्फत नै युनाइटेडका लागि बराबरी गोल फर्काए ।
फर्नान्डेसले ५०औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेड २-१ ले अगाडि बढ्यो ।